
-आकाश देबकोटा
बाँके, असार २० । नेपालगन्ज उपमहानगर वडा नम्बर १६ जयसपुरमा गाई काट्दै गरेको अवस्थामा ४ जनालाई पक्राउ परेका छन् ।
गोप्य सुचनाका आधारमा सिमा चौकी जयसपुरबाट प्रहरी नायव निरीक्षक अभय रावतको कामाण्डमा गएको टोलीले मंगलबार राती साढे १ बजेको समयमा नेपालगन्ज १६ जयसपुरबाट मो. इलियास जोलाहाको घरमा गाई काटी रहेको अवस्थामा गाईको मासु सहित पक्राउ गरेको हो ।
घर मालिक जोलाहा उनीकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिज अकब अली जोलाहा सहितलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा लगिएको प्रहरी नायव निरीक्षक रावतले बताए ।
उनीहरुलाई मुलुकी ऐन अन्र्तगत गौ हत्या सम्बन्धि मुद्दा चलाईने बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गले बताए ।












प्रतिक्रिया