२१ कार्तिक २०८३, शनिबार

८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने ५५ वर्षीय साह पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, २० असार । ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोज्ने ५५ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका –९ का सूर्यनारायण साहलाई प्रहरीले बालिका जबरजस्तीकरण गर्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

साहले गत बैशाख १६ गते विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम गर्ने, गोप्य अंगहरु चलाउने काम गरेको प्रहरीले बताएको छ । डर र धम्कीका कारण ति बालिकाले घटनाबारे कसैलाई जानकारी नगराएपनि भिडियोको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहलाई जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमालले जानकारी दिए । कुनै माध्यमबाट भिडियो प्रहरीसामु पुगेपछि प्रहरीले दोषीको खोजी गरेको थियो ।

साहलाई पक्राउ गरेपछि पीडित बालिकाका अभिभावकको उजुरी लिएर कारबाही प्रक्रिया अघि बढाएको सप्तरी प्रहरीले जनाएको छ ।