२१ कार्तिक २०८३, शनिबार

महाकाली पुलमा चारपांग्रे सवारीसाधनलाई रोक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कञ्चनपुर, १९ असार । महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो ।

आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन् ।

पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ । -रासस