सल्यान, १९ असार । सल्यान जिल्लामा तरकारी बोकेको मिनीट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका ३ चोरखोलामा सोमबार राति करिब १० बजेको समयमा भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौलाका ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ट्रक चालक दाङ घोराही उपमहानगरपालिका १० निवासी गोविन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको उपचार अहिले कोहलपुरमा भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि भरतबहादुर विकले बताए ।
दाङबाट तरकारी बोकेर सल्यानका लागि छुटेको ना ५ ख ७६४५ नम्बरको मिनीट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ । मिनीट्रक सडकदेखि करिब एक सय मिटर तल खसेको छ ।












प्रतिक्रिया