२१ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, १८ असार ।  मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिनुभयो ।

बा७१प ७८४३ नंको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो । -रासस