२१ कार्तिक २०८३, शनिबार

पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ असार । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । -रासस