२१ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा जनचेतनामुलक प्रभातफेरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

धुम्रपान मद्यपान नगरौं, लैंगिकमैत्री वातावरण बनाऔं, नारीलाई आदर गरौं, कुरितीमा परिवर्तन ल्याऔं, शिक्षामा जोड दिऊँ, सभ्य समाजमा सकारात्मक सोच अपरिहार्य लगायतका जनचेतना मुलक नारा उल्लेख गरिएका व्यानर तथा प्लेकार्डसहित सकाठमाडौंको न्यूरोड गेटबाट सुरु भएको उक्त प्रभातफेरी विशाल बजार, इन्द्रचोक, वाङ्गेमुडा, क्षेत्रपाटी, ठमेल हुँदै जमल पुगेर समाप्त भएको थियो ।

सशस्त्र प्रहरीको वैण्डसहितको प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका उच्च अधिकृत तथा सशस्त्र प्रहरी कर्मचारीहरु, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकवर्ग एवं विभिन्न निकायका महानुभावहरुको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले समाजसेवाको क्षेत्रमा विविध प्रकृतीका रचनात्मक कार्य गर्दै आएको सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर जनचेतना मुलक व्यानर तथा प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गर्नु प्रशंसायोग्य भएको बताए ।

संघले गर्ने हरेक रचनात्मक कार्यमा सशस्त्र प्रहरी बलले सधैं सहयोग पुर्‍याउने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याबाट बच्न र बचाउन समाजका हरेक सचेत नागरिकले सँधै ध्यान पुर्‍याउनु पर्ने उल्लेख गरे ।

लागूऔषध विरुद्धका व्यानर तथा प्लेकार्डसहित निकालिएको उक्त र्‍यालीले स्थानीय स्तरमा जनचेतनामा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले सशस्त्र प्रहरी बल नेपालले आफूलाई राज्यले सुम्पिएको जिम्मेवारी व्यावसायिक कूशलतापूर्वक पूरा गर्दै विभिन्न प्रकृतीका सामाजिक कामकारवाहीमा समेत सहभागिता जनाउँदै आईरहेको उल्लेख गरे ।