
असार १६, काठमाडौ । संखुवासभाको चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ ।
प्रसिद्ध र ऐतिहासिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका लागि काठमाडौंमा रहेका चैनपुरवासी, संखुवासभाली तथा विज्ञहरु राखि सम्मेलन गर्न लागिएको हो ।
सम्मेलन तयारीका लागि राजधानीमा शनिबार आयोजित छलफल कार्यक्रममा चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले भने, ‘चैनपुरको सातो गएको छ, हामी फर्काउन चाहन्छौ, चैनपुरमा विकासको बाहार ल्याउन चाहन्छौ ।’
मेयर खत्रीले काठमाडौंमा बस्ने चैनपुरवासीलाई भने,‘चैनपुरमा बस्ने माया हुँदाहुँदै धेरै परिवार बाहिर जानु भएको छ, अब हामी उहाँहरुलाई फर्काउन चाहन्छौ, उहाँहरुलाई माया गर्ने र फर्कने वातावरण नगरपालिकाले बनाइदिन्छ ।’
मेयर खत्रीले चैनपुरबाहिर बस्नेहरुले आ–आफ्नो तवरबाट चैनपुरलाई माया गर्न र चैनपुर फर्काउनका लागि चैनपुर विकास सम्मेलन गर्न लागिएको जानकारी दिए ।
सम्मेलन काठमाडौंमा भदौको दोश्रो हप्ता गर्ने तयारी भइरहेको र त्यसका लागि छुट्टाछुट्टै विषयका ९ वटा समिति गठन गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिए ।












प्रतिक्रिया