२१ कार्तिक २०८३, शनिबार

निशान कालिकागढीको संरक्षणमा जुट्दै चिती रामचोकका स्थानीय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलिना थापा

लमजुङ, १६ असार । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका ११ चिती रामचोकका स्थानीय गाउँमा रहेको निशान कालिका गढीको संरक्षणका लागि जुटेका छन् । गढीलाई पर्यटकीय, धार्मिक एवं ऐतिहासिक रुपमा अघि बढाउने उद्धेश्यका साथ स्थानीय लागिपरेका हुन् ।

निशान कालिकागढीलाई धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउनका लागि स्थानीयले आर्थिक संकलन समेत गर्ने भएका छन् ।

गढीमाई व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर कमलीको संयोजकत्वमा बिहीबार भएको भेलाले बासुदेब सेढाईको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा पिताम्बर सेढाई, अर्जुन सेढाई, लक्ष्मण सेढाई, आनन्दराज सेढाई, इन्दीरा सेढाई, इन्द्रादेबी सेढाई, प्रेमदत्त सेढाई, ऋषिबाबु जोसी रहेका छन् ।

भाइकाजी तिवारीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद सेढाई, शैलेस जोसी, तारानिधि तिवारी, फूलबहादुर थापा, राजेन्द्रबाबाु सेढाई, राजकुमार विष्ट, अच्युत बगाले, रुद्धनिधि तिवारी, दामेदर पन्त, भिमनिधि तिवारी, शिवप्रसाद जोशी, शंकरकान्त जोसी, प्रकाश केसी, शान्ता कमली रहेका छन् ।

गढीमाईको संरक्षण र संवद्र्धनका लागि स्थानीयसंगै, देशविदेशमा रहेका आफन्तजन, विभिन्न संघसंस्था संग सहयोग संकलन गरिने आर्थिक संकलन समितिका संयोजक सेढाईले बताए ।

उनका अनुसार समितिले मन्दिर, बाटो, पाटी, पिकनिक स्पोट निर्माण गरि खानेपानीको व्यवस्थापन गरिनेछ । पुरानो इतिहासको उजागर गरि प्रचारप्रसार गरिने स्थानीयले बताएका छन् ।