१२ कार्तिक २०८३, बिहिबार

स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको लगाम

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेकपाले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सरकारको तर्फबाट कार्यसम्पादन गर्दा पार्टीप्रति जवाफदेही बनाउने गरी विधान तयार गरेको छ ।

पार्टी जिल्ला कमिटीले स्थानीय तहको दलको नियमावली निर्माण गरेर अनुमोदन गरेपछि त्यस आधारमा स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थानीय तह दलका सदस्यहरूले पार्टी जिल्ला कमिटी र सम्बन्धित कमिटीले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

सदस्यहरूले सम्बद्ध पार्टी कमिटीले तोकेको कार्यक्षेत्र एवं आफू निर्वाचित भएको निर्वाचित क्षेत्रमा कार्य गर्नुपर्ने बाध्यकारी व्यवस्था विधानमा प्रस्तावित छ ।

त्यस्तै, स्थानीय तहको कामलाई प्रभावकारी बनाउन पार्टी विधानमार्फत स्थानीय तहमा पनि संसदीय बोर्ड गठन गर्ने प्रस्ताव गरेको छ ।

स्थानीय तहको संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्यहरू रहनेगरी बोर्ड गठनको प्रस्ताव गरिएको हो ।