१२ कार्तिक २०८३, बिहिबार

देउवा-पौडेलको मिलन, महासमिति बैठकको यसरी हुँदैछ तयारी

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । हालै जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सम्पन्न गरेको नेपाली काग्रेस अब विधान संशोधन समिति निर्माण र महासमिति बैठकको तयारीमा जुटेको छ ।

गत चैत्र ९ गते देखि १६ गते सम्म बसेको केन्द्रीय समिति बैठकले आउदो भदौ सम्म महासमिति बैठक आव्हान गर्ने निर्णय गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधानमा समयानुकल संशोधन तथा परिमार्जन गर्न महासमिति बैठक आव्हानको तयारी गरिएको हो ।

केन्द्रीय बैठकले आगामी भदौसम्म महासमिति बैठक बस्ने निर्णय गरे पनि मिति तय भएको छैन । हेटौडामा सम्पन्न भेलाले महासमितिको स्थान र मिति अबिलब्ब तोक्न केन्द्रिय कार्यसमितिलाई आग्रह गरेको थियो ।

पार्टी विधान संशोधन तथा परिमार्जनको लागि काग्रेसले क्षेत्र, जिल्ला, प्रदेश तथा सामूहिक रुपमा पनि सुझावहरू संकलन गरिरहेको छ ।