काठमाडाैं, १० असार । सशस्त्र प्रहरी बलले गणको गणपतिमा एसपी खटाउँदै आएकोमा अब उसलाई विशेष अधिकार दिइएको छ ।
एसपीलाई गणमा खटिने इन्सपेक्टरभन्दा मुनिका प्रहरी कर्मचारीको सरुवा अधिकारसमेत दिइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।
साथै, इन्सपेक्टर र डीएसपीको खटनपटन पनि आगामी साउनदेखि एसपीबाटै हुने भएको छ । जस्तो कि, हालको स्थायी संरचना बीओपी रहेका ठाउँमा अब एसपीलाई इन्सपेक्टर पठाउने अधिकार दिइएको छ । हालसम्म सशस्त्र मुख्यालयले नै बीओपीमा इन्सपेक्टरको सरुवा गर्दै आएको छ ।
सशस्त्रमा अहिले जिल्लाभित्र सीमा सुरक्षा, भन्सार, औद्योगिक सुरक्षा कार्यालय रहेकोमा सबैको कमान्ड फरकफरक ढंगले चल्दै आएको छ । अब भने जिल्लामा एउटै कमान्ड चल्ने भएको छ ।
सरुवामा पनि सशस्त्रले नया मापदण्ड लागू गर्ने भएको छ । अब नेपाली सेनाको जस्तै सिंगो गण नै सरुवा हुनेछ । अब एकल सरुवा पनि नहुने भएको छ ।
जस्तो कि, अब सरुवा हुँदा एउटा गणका सबै सशस्त्र प्रहरी कर्मचारीको ३६ नम्बर गणभित्र जुनसुकै गणमा हुनेछ ।














प्रतिक्रिया