१२ कार्तिक २०८३, बिहिबार

ल्हासामा के गर्दै छन् प्रधानमन्त्री ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् ।

शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त क्षेत्रका उपप्रमुख लिउ जियाङले ल्हासा विमानस्थलमा स्वागत गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शुक्रबारै ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् । उनलाई इन्टरकन्टिनेन्टल होटेलमा सरकार प्रमुख छीले शिष्टाचार भेट गरेका छन् ।

बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् । दुई धार्मिक स्थल घुमेरै प्रधानमन्त्रीको शनिबार बिहान बित्नेछ ।

यी दुवै मन्दिरको नेपालकी भृकुटीसँग साइनो छ । जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो ।