काठमाडौं, ८ असार । केरुङबाट काठमाडौं रेल पुर्याउन चिनियाँ प्रविधिअनुसार करिब तीन खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।
तर, त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन । नेपालले खर्च गर्ने हो भने वर्षको सम्पूर्ण विकास खर्चले पनि थेग्न सक्दैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
किनकि, अर्थमन्त्री डा. युवराज खतिवडाले छुट्याएको कुल विकास खर्च तीन खर्ब १२ अर्ब छ । प्रधानमन्त्रीको भ्रमणमा समेत स्पष्ट नपारेकाले चीनले यति रकम नदिने निश्चित भएको छ ।
चिनियाँ रेल काठमाडौं ल्याउन दुई देशबीच सहमति भएको छ । तर, कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेपछि मात्रै लगानीको मोडालिटी टुंगो लाग्नेछ ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बिहीबार रेल निर्माणको सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपालका तर्फबाट भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ र चीनका तर्फबट उपविदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका छन् ।














प्रतिक्रिया