काठमाडौं, ८ असार । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सचिवालय सदस्यहरूले छलफल गरेका छन् ।
कार्यबाहक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा समसामायिक परिस्थितिबारे सचिवालय सदस्यहरूले अनौपचारिक छलफल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सचिवालयको कार्यालय धुम्बाराहीमा भए पनि प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धि र समसामायिक परिस्थितिबारे छलफल गर्न कार्यबाहक अध्यक्ष नेपालले पेरिसडाँडास्थित कार्यालयमा अनौपचारिक बैठक बोलाएका थिए ।
‘बैठक बसेको होइन, सचिवालय सदस्यहरूबीच समसामयिक परिस्थिति, प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सम्झौता, उपलब्धि र परिस्थितिको जानकारी आदान–प्रदान गर्नका लागि छलफल भएको हो,’ महासचिव विष्णु पौडेलले भने ।














प्रतिक्रिया