१३ कार्तिक २०८३, शुक्रबार

देउवालाई खुइल्याउन खोज्दा पौडेल समूह नांगियो

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण भदौमा हुने भनिएको महासमितिको बैठक अवरुद्ध हुने संकेत देखिएको छ ।

सभापति शेरबहादुर देउवाले विधान संशोधनका लागि सुझाव दिन बनाउने भनिएको समितिमा पौडेल समूहले सदस्यको नाम दिन सकेको छैन । यूनाइटेड पोष्ट सप्ताहिकले समाचार छापेको छ ।

पौडेल आफू एक्लैले समितिमा रहने सदस्यको नाम दिन नसक्ने जवाफ देउवालाई दिएका थिए । असारको पहिलो हप्तासम्म विधान संशोधन सुझाव समितिले पूर्णता पाउन नसक्दा भदौमा हुने महासमिति बैठक सर्ने पक्का जस्तै छ । यो विषयमा पनि पौडेल समूहले देउवालाई दोष दिएर उम्कन खोजेको छ । पौडेल समूहले आलटाल गरेपछि देउवालाई पनि हाइसञ्चो भएको छ ।

समितिले जिल्लाहरूबाट आउने सुझावलाई समेटेर विधानमा के कसरी संशोधन गर्ने हो त्यसबारेमा मस्यौदा तयार पार्नुपर्ने हुन्छ । त्यो मस्यौदालाई केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेपछि महासमिति बैठकमा पेश गर्नुपर्ने थियो ।

तर, समितिले नै पूर्णता नपाएपछि कांग्रेसको संगठनात्मक भविष्यलाई लिएर चिन्ता हुन थालेको छ । विधान बाधक भएकै कारण संघीयताअनुसार कांग्रेसको संगठन बन्ने सकेको छैन । त्यति मात्रै होइन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि कांग्रेसमा समायोजन गर्न कठिनाइ भएको छ । फोरम लोकतान्त्रिकका धेरै नेताहरू काम विहीन बनेका छन् ।

पौडेललाई नेता मान्न कोइराला परिवार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरू तयार छैनन् । आफू एक्लैले समितिका लागि नाम दिने हो भने अरु नेताहरू रिसाउने हुन् कि भन्ने डर पौडेललाई छ । त्यही डरका कारण समितिले पूर्णता पाउन नसकेको हो ।

पौडेललाई नेता नमान्ने संकेत महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शशांक कोइरालाले दिइसकेका छन् । डा.शशांक कोइरालाको निवासमा आफू निकटको केन्द्रीय सदस्यसहित दाजुभाईको भेला राखेर पौडेल समूहलाई झट्का दिइसकेका छन् ।

सभापति देउवाविरुद्ध सक्रिय रहेको पौडेल समूहलाई कोइराला र सिटौला समूहले प्रयोग गरेको आरोप एक नेताको छ । किनभने हालै सम्पन्न नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा सिटौला समूहले पुष्कर आचार्यलाई अध्यक्षमा जिताएको छ ।

दोस्रो संविधान सभामा सिटौला समूहबाट समानुपातिक सांसद बनेका आचार्यलाई सिटौलाले ट्रेड युनियन कांग्रेसको अध्यक्ष बनाउन सफल भएका हुन् । आचार्यले कोइराला परिवारलाई पनि भ्रममा पारेका छन् । डा.शशांक कोइरालाले पनि आचार्यलाई आफ्नो गुटको नेता सम्झिएका छन् । तर, अध्यक्षमा विजयी भएका आचार्य सिटौलाका खास मान्छे हुन् ।

त्यति मात्रै होइन ट्रेड युनियन कांग्रेसको महासचिवमा विजयी भएका योगेन्द्रकुमार कुँवर पनि सिटौला समूहकै हुन् । ट्रेड युनियनको कार्यसमितिमा सभापति देउवा समूहबाट एकजना मात्रै सदस्य निर्वाचित भएका छन् ।