दमासकस, ६ कात्तिक । सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेल खानीलाई इस्लामिक स्टेट आइएस विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको बताएको छ ।
युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेल खानीबाट सिरियामा द्वन्द्व शुरुहुनु पहिले प्रतिदिन ३० हजार व्यारेल तेल निकालिने गरेकोमा सन् २०१४ मा विद्रोहीले खानी आफ्नो नियन्त्रणमा लिएको थियो । इश्लामिक स्टेट ९आइएस० जिहादी समूहले यसलाई आफ्ना गतिविधि सञ्चालन गर्ने प्रमुख आम्दानीको स्रोत बनाउदै आएको थियो ।
सिरियाको सबभन्दा ठूलो मध्येको अल ओमार तेल खानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम भएको सिरियन डेमोक्रेटिक फोर्स ९एसडीएफ० ले जनाएको छ । कूर्दिश तथा अरब लडाकूहरुको संयुक्त गठबन्धन एसडीएफका अनुसार कारबाहीका क्रममा उनीहरूतर्फ त्यति ठूलो क्षति भएको छैन ।
एसडिएफका लडाकूहरुले देर अजोरमा आइएस विद्रोहीविरुद्ध लामो समयदेखि शसक्त लडाईं गरिरहेका छन् । एसडिएफले गत महिनो एउटा ठूलो ग्यास खानी कब्जामा लिएका थिए ।
युफ्रेटिज नदीको पश्चिमपट्टि भने रुसी सेनाको सहयोगमा सिरियाली सरकारी सेना आइएस विरुद्ध युद्धरत छ । – एएफ्पी















प्रतिक्रिया