३० आश्विन २०८३, शुक्रबार

सुरक्षा कारबाहीमा १०२ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ३ कात्तिक । सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १०२ जनाको मृत्यु भएको छ भने अरु ४४ जना घाइते भएका छन् ।

केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौविस घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजले १६ विद्रोही विरद्ध चलाएको सुरक्षा अभियानमा २० वटा विषेश सुरक्षा कारबाही चलाएको थियो,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले अफगानिस्तानका ३४ मध्ये १५ ओटा प्रान्तमा सुरक्षा कारबाही चलाइरहेको जनाएको छ ।

सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूहरुका दुई ओटा सवारीसाधन, पाँच मोटरसाईकल र केही हतियार तथा विस्फोटक पदार्थहरु समेत नष्ट गरिदिएका छन् ।

अफगानिस्तानका विभिन्न ठाँउका जनता तालिबान र इस्लामिक स्टेट (आईएस) लडाकूहरुको आक्रमबाट पिडित भएका छन् । त्यसको विरुद्धमा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाईरहेका छन् । – सिन्ह्वा