३० आश्विन २०८३, शुक्रबार

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १ कात्तिक । भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ ।

सार्वजनिक सुरक्षा कानून अन्तर्गत आफ्नै घरमा नजरवन्दमा रहेका सईदलाई आतङ्कवाद विरुद्धको कानून बमोजिम थप राख्न पाकिस्तान सरकारले माग गरेको हो ।

गत जनवरीदेखि नजरबन्दमा रहेका सईद उनका अन्य चार जना सहयोगी अव्दुल्लाह उवाइद, मालिक जफर इकवाल, अव्दुल रेहमान अविद र क्वाजी कासिफमाथिको पञ्जावको प्रान्तीय न्यायिक सुनुवाईका क्रममा पञ्जावको गृह विभागका अधिकारीले अनुसन्धानका लागि थप नजरवन्दको माग गरेको हो ।

उनीहरूमाथिको कैद समय यही अक्टोबर २४ मा सकिँदै थियो । सरकारले न्यायिक पुनर्विचार समितिबाट अनुमोदन गराएर मात्र अनुसन्धानका लागि कैद समयको थप गर्न पाउँछ । – पीटीआई