३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीको कार्यालयमा आगलागी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ३१ असोज । भारतीय प्रधानमन्त्रीको कार्यालय भवनमा आगो लागी भएको छ ।

मंगलबार बिहान ३ बजेर ५० मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय भवनस्थित कोठा नम्बर २४२ बाट आगो लाग्न सुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदीको कार्यालयमा लागेको आगो करिब २० मिनेटमा नियन्त्रणमा लिइएको छ । आगो निभाउन १० वटा दमलक प्रयोग भएका थिए ।

प्रधानमन्त्री मोदीको भवनको दोस्रो तलामा छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

आगो लागेर प्रधानमन्त्रीको कार्यालय भवनको कोठामा कति क्षति पुग्यो भन्ने एकिन भएको छैन । यसबारेमा प्रधानमन्त्रीको कार्यालयले केही जानकारी गराएको छैन । बिजुली सर्ट भएर आगो लागेको प्रारम्भीक अनुमान गरिएको छ ।