३० आश्विन २०८३, शुक्रबार

रसियामा सन्त्रास फैलाएका ८३ भालु मारियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ३१ असोज । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव वस्तीमा आक्रामण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् ।

साखलिन टापूमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव वस्तीमा फैलाएका कारण गाउँलले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपीलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव वस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि प्रशासनको सल्लाह अनुसार एक हप्तामा ८३ भालुलाई मारिएको छ ।” एक बर्षको अवधिमा यो सङ्ख्याको तेब्वर भालु मारिएको उनले बताए ।

यस क्षेत्रमा यस पहिले भालु आक्रमणमा स्थानीयले ज्यान गुमाएका नगन्य घटना पाइने गरेपनि पछिल्ला केही बर्ष यता भालुको विगविगी रहने गरेको आँफू यो सूचना दिने अधिकारिक व्यक्ति नभएकोले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

स्थानीय नदी तथा खोलाहरूमा पाइने सालमन जातका माछाकोे उच्च मागसँगै अत्यधिक दोहन तथा जलवायु परिवर्तनका कारण जङ्गली फलहरूको कमी हुन थालेपछि भालुले मानव वस्तीमा आक्रमण गर्न थालेका उनको दावी छ ।

उनले भालुको आहारा रक्षाका लागि आगामी गृष्मऋतुभरी माछा मार्ने काम निषेध गर्नुपर्ने बताए । खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानव तथा घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय नागरिकले भालुको आक्रमण रोक्न प्रशासन गुहार्न पुगेका हुन् ।

आहाराको अभावमा निकै मोटा रहनेगरेका भालु आजकल निकै दुब्लो अवस्थामा भेटिने गरेको स्थानीय नागरिकले बताए । भालुको आक्रमणमा सेप्टेम्बरमा मात्रै दूई जनाको ज्यान गएको थियो । भालुको सन्त्रास नोभेम्बरसम्म बढी हुने गर्छ किनकी यो समय माछाकोे उत्पादन निकै कमी हुने गर्छ । – सिन्ह्वा