३० आश्विन २०८३, शुक्रबार

रुसी राष्ट्रपति पुटिनलाई कुकुर उपहार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ३० असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सोख अनेक छन् । घोडचढीमा रमाउने, गल्फ खेलमा रुचि राख्ने, गर्लफ्रेन्ड बनाउने, हार्मोनियममा झुम्नेजस्ता सोखका कारण उनी चर्चामा रहिरहन्छन् । पुटिन कुकुरको पनि उत्तिकै सौखिन हुन् । उनी विभिन्न जातका कुकुर पाल्न रुचाउँछन् ।

पुटिनको सोख बुझेरै तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्डिमुखामेडेभले हालै एउटा कुकुरको छाउरो उपहार दिएका छन् । बेर्डिमुखामेडेभले पुटिनको ६५औँ जन्मदिनको अवसरमा कुकुर उपहार दिएका हुन् ।

दुई समकक्षीबीच भएको भेटमा पुटिनले कुकुर उपहार पाएका हुन् । बेर्डिमुखामेडेभले एक हातले कुकुरको गर्धनमा समातेर उचाल्दै पुटिनलाई दिएका थिए । पुटिनले उपहार ग्रहण गर्दै कुकुरलाई दुई हातले समातेर आफ्नो काखमा च्यापे ।

कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिए । पुटिले उपहार पाएको कुकुर ‘अलाबई’ जातको हो । यसलाई संसारकै विलक्षण जातको कुकुर मानिन्छ । उपहार दिने र लिने गरेपछि दुवै राष्ट्रपतिले आफूहरूलाई एक–अर्काको घनिष्ट मित्र रहेको बताए ।

पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए । पुटिनको निवासमा कालो रङको कोनी, लामा रौँ भएका बफ्फी र युमेलगायत कुकुर पनि छन् ।

उनी यी कुकुरहरूसँग फोटोसेसन गरेर वेला–वेलामा सार्वजनिक पनि गरिरहेका हुन्छन् । एकपटक सिएनएनसँगको अन्तर्वार्तामा उनले आफ्ना कुकुरहरूबारे भनेका थिए, ‘म यिनीहरूलाई कोही मान्छेलाई जत्तिकै माया गर्छु ।’ – एजेन्सी