३० आश्विन २०८३, शुक्रबार

उपप्रधानमन्त्रीको सडक दुर्घटनामा मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किर्गिजिस्तान, २२ असोज । किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार सडक दुर्घटनामा परी निधन भएको छ ।

झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर खाँदा उहाँको शनिबार बिहान ७ः३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

घटनामा उहाँको उहाँको सहयोगी र कार ड्राइभरसमेतको मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसै बर्षको अगस्तमा उपप्रधानमन्त्री बन्नुभएका ३८ बर्षीय झुमाकादाइरोभ त्यसपहिले राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखका रुपमा सेवा गर्नुभएको थियो । – सिन्ह्वा