१५ कार्तिक २०८३, आइतबार

माओवादी मन्त्रीहरू बर्खस्त होलान् ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सरकारमा रहेको एकीकृत माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसंग वामपन्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरू बाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्री हटाउने छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।