१५ कार्तिक २०८३, आइतबार

गौतमको पद जोगियो !

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यथास्थानमा रहेर काम गर्ने बाटो खोलिदिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई असोज १० देखि लागू हुने गरी मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।

तर, त्यहि दिन आयोगले आफ्नो सहमति नलिई निर्वाचन आचारसंहिता विपरीत गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्णय गर्ने पदाधिकारीलाई किन कारबाही हुनु नपर्ने हो भन्दै चौबीसघण्टे स्पष्टीकरण सोधेको थियो ।

आयोगले मन्त्रीले गरेको निर्णयको सक्कल फाइलसमेत झिकाएर अध्ययन गरिरहेको छ ।