१५ कार्तिक २०८३, आइतबार

चुनाव चिन्ह् आ–आफ्नै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । शीर्ष नेताहरूबीच एमालेले प्रयोग गर्दै आएको सूर्य चिन्ह्मा चुनाव लड्ने सहमति भने अन्तिममा प्राविधिक रूपमा नमिल्ने भएपछि हटाइएको छ ।

निर्वाचन आयोगको कानुनअनुसार एउटै चुनाव चिह्न लिन नमिल्ने भएकाले हाललाई एमाले र माओवादीले आ–आफ्नै चिह्न लिएर चुनाव लड्ने भएका हुन् । यद्यपि नयाँ शक्तिले भने सूर्यचिह्नमै चुनाव लड्ने जनाइएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले वामपन्थी पार्टीबीच एकताको नयाँ अध्याय सुरु भएको बताउनुभयो ।

कम्युनिस्ट पार्टी एकीकरणको सुरुवात कुनै शक्ति र पार्टीप्रति लक्षित नभई देश र जनताको उत्थानमा परिलक्षित रहेको उहाँको दाबी थियो ।

कार्यक्रम कम्युनिस्टहरूको एउटै पार्टी निर्माणको उद्घोष हो भन्दै अध्यक्ष ओलीले सामाजिक सद्भावमा आधारित सबै अवसर र सुरक्षाका लागि पार्टी एकीकरणको सुरुवात गरिएको तर्क गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरू साझा पार्टी बनाउने ऐतिहासिक क्षणमा पुगेको बताउनुभयो ।

“जनता र देशको आवश्यकता पनि यो देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने छ, त्यसैबाट मुलुकको समृद्धि सम्भव छ” भन्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको एकीकरणको अभियान कुनै शक्तिप्रति लक्षित नरहेको तर्क गर्नुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि ऐतिहासिक आवश्यकताले तीन पार्टीबीच एकीकरण हुन लागेको बताउनुभयो ।

नयाँ संविधानमा समयानुकूल परिमार्जन गर्दै आगामी निर्वाचनमा कम्युनिस्टको दुई तिहाइ बहुमत ल्याएर स्थायी सरकार निर्माण हुने दाबी उहाँले गर्नुभयो ।