काठमाडौं, २४ भदौ । लायन्स क्लब अफ काठमाडौ रेसुङ्गाकाले बृद्ध बृद्धाहरुलाई भोजन गराएको छ ।
मगंलबार क्लबले बानेश्वर शान्तीनगर स्थित निशहाय सेवा सदनमा आश्रित बृद्ध बृद्धाहरुलाई भोजन गराएको हो ।
कार्यक्रममा डिष्ट्रिक ३२५ बी १ का सिनियर एडभाईजर भीम पौडेलले जन्म दिनको शुभकामना दिदै जन्मदिनको बहानामा बिकृति भित्रिएको अहिलेको अवस्थामा शुरेस जस्तो युवाले बृद्ध आश्रममा आश्रित बृद्ध बृद्धालाई एक छाक खाना खुवाएर उदारणिय कार्य गरेको भन्दै प्रशंशा गरेका छन ।
ए ओ जी लिलामणि खरेल, बरिष्ठ पत्रकार टकं पन्त, जमुना पौडेल , दिपु पोख्रेलले जन्मदिनको शुभकामना दिदै यो असल कार्यको सिको अरुले पनि गर्नुपर्ने सुझाब दिएका छन ।
क्लबका अध्यक्ष लायन यमुना भण्डारीले सामाजिक कार्यमा समर्पित क्लबले कार्यक्रमको सयोजन गर्ने अवसर दिनुभएकोमा आभार ब्यक्त गर्दे क्लबले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सुरेश भण्डारीले सधै मनाइरहेको जन्म दिन भन्दा फरक खालको जन्म दिन मनाउन पाउदा अन्तरआत्मा देखि नै सन्तुष्टि मिलेको बताउदै कार्यक्रमको सयोंजन गरिदिएकोमा लायन्स क्लब प्रति आभार ब्यक्त गर्नु भयो । साथै उहाले आमा साबित्रा भण्डारीको सामाजिक कार्यको मोहले गर्दा आफुलाइ पनि सामाजिक कार्य गर्न प्रेरित गरेको बताएका छन ।
क्लबका टेल ट्वीष्टर लायन साबित्रा भण्डारीका सुपुत्र शुरेस भण्डारीको जन्म दिनको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ रेसुगांले कार्यक्रमको संयोजन गरेको हो । आश्रममा ५० देखि ९२ बर्ष सम्मका ३९ जना बृद्ध बृद्धा आश्रित छन ।












प्रतिक्रिया