२१ कार्तिक २०८३, शनिबार

वडा कार्यालय राख्ने बिषयमा दोहोरो झडप, दुई गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, २३ भदौ । पश्चिम रुकुमको त्रिबेणी गाँउपालिका वडा नं १० को वडा कार्यालय राख्ने बिषयमा झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । साविकको पेउघा गाबिसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ भन्ने र बरनेटीमै रहनुपर्छ भन्ने पक्ष बिच झडप भएको हो ।

कार्यालय राख्ने विषयमा दुई पक्षबिच झडप हुँदा भुम्केमा कार्यालय रहनुपर्छ भन्ने पक्षका ५८ वर्षीय टेकबहादुर खड्का र उन्का छोरा ३५ वर्षीय शेरबहादुर खड्का घाइते भएको प्रहरीले बताएको छ । टेकबहादुर सोही वडाको निर्बाचित वडा सदस्य समेत हुन् ।

झडपपछि दुवै घाइतेका जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र घाईते दुवैको टाउकोमा गम्भीर चोट लागेको बताईएको छ । वडा कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडापालिका कार्यालय पनि तोडफोड गरेर कार्यालयका सबै सामान नष्ट गरेको वडा अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।

झडप पश्चात घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ । वडा कार्यालय राख्ने विषयमा झडप भएको वडा नं १० मा स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट वडा अध्यक्ष सहित पुरै प्यानल नेपाली कांग्रेसले जितेको थियो ।