गाईघाट, २३ भदौ । मौलाउँदै गएको भ्रष्टचार न्युनिकरणका लागि यहाँका अधिकारकर्मीहरुले भदौ २३ गते हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचार प्रति प्रतिवद्ध रहनेछु’ भन्ने मुलनाराकासाथ इन्सेक उदयपुर र मानव अधिकार निगरानी समुहले शुक्रबार हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।
भ्रष्टचारविरुद्ध शुन्य सहनशिलता कायम राखौँ श्लोगनसहितको हस्ताक्षर गरिएको व्यानर शुक्रबार नै निगरानी समुहका अध्यक्ष हिमाल खड्काको नेतृत्वमा गएको टोलीले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई बुझाएका थिए ।
अधिकारकर्मीहरुले व्याप्त भ्रष्टचारले मुलुक अगाडी बढ्न नसकेको र विकास निर्माणका कामहरु अवरुद्ध भएकोभन्दै न्युनिकरणका लागि मेयरलाई आग्रह गरेका थिए । त्यसक्रममा मेयर चौधरीले जनप्रतिनिधिको अभावमा व्याप्त भ्रष्टचार बढेको बताउँदै आगामी दिनमा नगर क्षेत्रमा भ्रष्टचारको गन्धपनि आउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले विधीको शासन स्थापित नहुँदा भ्रष्टचार मौलाएको भन्दै बिधी विधान तयार गरी न्युनिकरणमा जोड दिइने बताए ।













प्रतिक्रिया