२१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा काँग्रेसको घरदैलो अभियान तीव्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २३ भदौ । प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसका उम्मेदवार अजय द्धिवेदीद्धारा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घर दैलो कार्यक्रममा स्थानिय वडाध्यक्षका उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सदस्य ब्रम्हदेव प्रसाद कुर्मी, जिल्ला सदस्य रामबाबु पटेल, स्थानिय नेताहरु लखनलाल साह, बैकुण्ठ श्रीवास्तव लगायत ४०० जना नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली काँग्रेस प्रचार प्रसार सँयोजक रामरुप कुर्मीले बताउनुभयो ।