
जुम्ला, २३ भदौ । महिलालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।
पीडित महिलाको उजुरीअनुसार बुढाले यही भदौ १९ गते बेलुका घर पु-याउने क्रममा उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख भएको उहाँले बताउनुभयो । रासस












प्रतिक्रिया