गुल्मी, २३ भदौ २३ । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटालाई सडकमा हिँड्दै गरेका बेला माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका छन् ।
वामी टक्सार अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधिन मोटर बाटोको अनुगमन तथा निरीक्षण गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा सापकोटा घाइते भएका हुन् ।
सापकोटाको बाँया हात र खुट्टामा चोट लागेको पारिवारिक छ । नगरपालिकाको वडा नं. ७ स्थित बसेरी नजिकैको स्थानमा माथिबाट खसेको ढुंगाले सापकोटलाई लागेको थियो । सापकोटाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि वुटवल लगिएको छ ।
सापकोटाकी श्रीमती सीता सापकोटाका अनुसार थप उपचार गर्न वुटवल लगिएको छ । उनको अवस्था सामान्य रहेको छ ।












प्रतिक्रिया