२१ कार्तिक २०८३, शनिबार

गुल्मीका २८ सय विद्यार्थीलाई निःशुल्क सोलार दिइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २३ भदौ । गुल्मीमा बिभिन्न बिद्यालयमा पढने विद्यार्थीलाई निःशुल्क सोलार बितरण गरे तयारी भएको छ ।

‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नम्बर ३ का ३४ बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीलाई सोलार टुकी वितरण गरिनेछ ।

क्षेत्र नम्बर ३ का बिभिन्न माध्यमिक बिद्यालयमा पढने २ हजार ८ सय ४३ जना बिद्यार्थीको लागि सोलार बितरण गरिन लागिएको हो ।

गाउँमा विद्युत नपुगेका स्थानहरुमा विद्यार्थीलाई पठन पाठनमा सहजता ल्याउनमा मद्दत पुग्ने उदेश्यले रहेको छ ।

निशुल्क सोलार पाउने बिद्यालयहरुमा बाझकटेरी माध्यमिक बिद्यालय बाझकटेरीमा १ सय १० सेट,अग्लुङ्ग माध्यमकि बिद्यालय अग्लुङ्ग ६४ सेट, रघुफेदी माध्मिक बिद्यायल अग्लुङ्ग ४१ सेट, अर्जै माध्यमिक बिद्यालय ९८ सेट सोलार बिद्यार्थीले पाउनेछन् ।