२१ कार्तिक २०८३, शनिबार

प्रहरीले एयरपोर्टमा फेरि समात्यो सुन! ताइवानी नागरिक पनि पक्राउ

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ ।

क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।