२१ कार्तिक २०८३, शनिबार

कविलासीको शिक्षामा मेरो ध्यान केन्द्रित रहन्छ : रेणु ठाकुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २२ भदौ । सर्लाही जिल्लाको कविलासी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उपमेयरमा उम्मेदवार बनेकी रेणु ठाकुरले ‘मधेसका महिलाका लागि शिक्षा’ नारा दिएकी छिन् ।

बुधबार उपमेयर पदमा उम्मेदवारी दिएकी रेणुले सञ्चारकर्मीहरूसँग भनिन्, ‘मधेसमा महिलाहरूको शिक्षामा कसैले पनि ध्यान दिएको पाएकी छैन । मेरो पहिलो प्राथमिकता भनेको शिक्षामा रहनेछ ।’

नगरपालिकाको समुन्नत विकास, युवालाई रोजगारी, भ्रष्टाचारमुक्त समाजको निर्माण पनि रेणुका कामको सूचीमा छन् ।

समाजसेवीको रुपमा काम गर्दै आएकी रेणुले आफूमा रहेको राजनीतिक अनुभवलाई सहि स्थानमा प्रयोग गर्ने बताएकी छिन् । ‘उपमेयरमा जनताले विश्वास गरेर मत दिएर जिताए भने मैले जाने बुझेका कुराबाट शिक्षा लिएर समाजमा शिक्षाको ज्योति फैलाउन प्रयास गर्नेछु’, उनले भनिन् ।

उपमेयरकी उम्मेदवार रेणुले १ वर्षभित्र नगरपालिकाभित्र सडक, विजुली, अस्पताल र विद्यालय, ईन्टरनेट सुविधा जस्ता आधारभूत कुरालाई पूरा गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

माओवादी केन्द्रले कविलासी नगरपालिकामा देवेन्द्र यादवलाई मेयर पदको टिकट दिएको छ ।