२१ कार्तिक २०८३, शनिबार

द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको अध्यक्षमा बोहरा पुनः निर्वाचित

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २१ भदौ । एकल महिलाहरुको हक हितमा कार्यरत संस्था द्धन्द पिडित तथा एकल महिला बिकास केन्दको दशौं बार्षिकत्कोसव तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको बार्षिक साधारण सभाले सीता बोहरालाई अध्यक्षमा पुन निर्विरोध निर्वाचित गरेको छ । यसै गरि संस्थाको उपाध्यक्षमा ईश्वरी बिष्ट साउद, सचिवमा कलावती पाण्डे, कोषाध्यक्षमा पार्वती भट्ट, सह सचिवमा खगेशवरी पाण्डेय, सदस्यहरुमा सोनिया डगौरा, मिरा धामी, राधा सुनार र राधा पन्त रहेका छन् ।

भाद्र २० गते संस्थाको साधारण सभाको उदघाटन भिमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्दले गर्नु भएको थियो । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा २०६५ साल असार ३० गते संस्था दर्ता भएको थियो । यस जिल्लामा संस्थाले महिलाको प्रगतिमा समाजिक बाधाहरुको सम्बोधन आस्था परियोजना बेलौरी, बेदकोट र कृष्णपुर नगरपालिकामा र शान्तीका लागि स्थानिय क्षमता बेदकोट र शुक्लाफाटा नगरपालिकामा संञ्चालनमा गरिरहेको छ ।

यसैगरि संस्थाले बैधानिकता प्राप्त गरेको थोरै समय भएतापनि द्वन्द्व पिडीत तथा एकल महिलाको हक हितका सवालमा धेरै प्रगति गरिसकेको छ र यसलाई निरन्तरता दिईरहन संस्थाले सबै सरोकारवालाहरु संग समन्वय सहकार्य गरेर अगाडि बढने निर्णय गरेको छ ।