जनकपुर, २१ भदौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का ८ वटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्णरुपमा भइरहेको छ ।
यसक्रममा नेकपा एमालेले धनुषामा उत्साहकपूर्वक मनोनयन दर्ता गरेको छ । धनुषाको मिथिला नगरपालिकासहित जिल्लाका सबै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सबै सदस्यको उम्मेदवार मनोनयन दर्ता गरिएको जनकपुरबाट युवा नेता रमेश आचार्यले जानकारी दिए । उनका अनुसार हजारौं संख्याको जुलुसले नगर परिक्रमा गरी निर्वाचन कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता गरेको थियो ।
मिथिला नगरपालिकाका एमालेबाट मेयरमा केन्द्रिय सदस्य हरिनारायण महतो, उपमेयरमा तारा कुमारी बस्नेत लामा रहेका छन् ।














प्रतिक्रिया