काभ्रे, २१ भदौ । गत भाद्र १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै मकैबारी भित्र एक स्थानिय महिलालाई सामुहिक बलात्कार पछि हत्या भएको पृष्टि भएको छ । बनेपा नगरपालीका वडा नम्बर १० बस्ने ५७ वर्षया नानु आले मगरलाई सामुहीक बलात्कर पछि हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार काभ्रे भुम्लुका राजु भनिने गोपाल परियार, धुलिखेलका हमाल भनिने साधुराम विक, नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका कुलबहादुर भनिने सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका सञ्जय भनिने दिलबहादुर प्रधानसहित ६ जनाले नानु आले मगरलाई मकै बारीमा बलात्कार पछि हत्या गरेर फरार रहेका थिए ।
लगातार ६ जनाले ५७ वर्षिय महिलालाई बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस्पी सहकुलबहादुर थापाले बताए ।
प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरिएको छ ।













प्रतिक्रिया