२१ कार्तिक २०८३, शनिबार

गोबरगाडामा पहिलोपटक राहत सामग्रीसहित पुगे प्रदीप पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २१ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बाढीका कारण अस्तव्यस्त सप्तरीको विकट गोबरगाडामा राहत सामाग्री वितरण गरेका छन् ।

अत्यन्त विकट भएकाले गोबरगाडामा अहिले सम्म राहत लिएर कोही पनि पुग्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य पौडेल सहकर्मीहरुका साथ सदरमुकाम राजविराज नजिकैबाट तीव्र गतिको डुंगा (मोटरबोट) मार्फत् दुई घण्टा लामो समय पछि गोबरगाडा पुगेका थिए । चारैतिर कोशीले घेरेको गोबरगाडालाई नेपालको श्रीलंका पनि भनिन्छ । पौडेलेको सक्रियतामा गत शनिवार राजधानीमा भएको भेलामा सहभागीहरुले गोबरगाडामा अहिले सम्म कसैले राहत नपाएको बताएपछि पौडेल नेतृत्वको टोली भोलिपल्टै सप्तरी पुगेको हो ।

सरकारी राहत विना अझै पनि २४ घण्टा बाढीकै त्रासमा रहेका गोबरगाडाबासीहरुले आफूहरुको समस्या राज्यलाई सुनाइदिन नेता पौडेल समक्ष आग्रह गरेका थिए । ज्यान नै जोखिममा राखेर आफूहरुलाई राहत वितरण गर्न आएकोमा उनीहरुले पौडेललाई धन्यवाद दिए ।

यसैबीच नेता पौडेलले सप्तरी र सिरहाका विभिन्न स्थानको भ्रमण गरी स्थानीय निकायको चुनावमा कांग्रेसको अवस्था बारे जानकारी लिएका छन् । केन्द्रले टिकट वितरण गरिसकेको अवस्थामा सबै खाले मनमुटाब त्यागी आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पौडेलले सरोकारवाला सबैलाई निर्देशन दिएको पौडेलसँगै रहेका नेपाली काग्रेसका युवा नेता देवेन्द्र पाठकले बताउनुभयो ।

असोज २ मा हुन लागेको स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा मधेशको मुद्दाका विषयमा जानकार पौडेल जस्तो नेता मधेशमै पुग्दा कांग्रेसलाई धेरै फाइदा पुग्ने सुझाव बुद्धिजीवी, पेशाकर्मी तथा विज्ञहरुले गत शनिवारको भेलामा दिएका थिए ।