२१ कार्तिक २०८३, शनिबार

पूर्वी रुकुमको ऐतिहासिक तातोपानी ओझेलमा पर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १९ भदौ । पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ४ पोखरामा रहेको ऐतिहासिक तातोपानी क्षत्र ओझलमा पर्न थालेको छ । परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण र कुनै व्यवस्थापन नहुँदा नदी बगरको माटोले पुरिने अवस्थामा पुगेको हो ।

सानोभेरी नदि छेउको किनारमै अवस्थित उक्त तातोपानीको संरक्षणमा कुनै त्यस्तो विषेश अभियान नचलाईंदा हाल तातोपानी स्थानको मुहान पुरिएर जाने अवस्थामा रहेको छ । प्राकृतिक रुपमा आफै उत्पत्ति भएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगहरु समेत निको हुने विश्वासले वर्षेणी तातोपानी क्षेत्रमा देश विदेशबाट पर्यटकहरु आउने गर्दछन् । विशेष गरेर हिउँद यामको समयमा वुढापाखाहरु न्यानेपनको लागि केही दिन बास बस्ने बस्ने गरी आउने र त्यहि सुखको अनुभूति लिने गरेको पोखराका स्थानीयबासी बताउँछन् । तर, वर्खा सुरु भएपछि दुई महिना जति सानोभेरी नदिको बहावले तातोपानीको केही भाग पुरिने भएकोले कतै तातोपानी नै नरहने हो की भन्ने चिन्ताले पनि उल्टै स्थानीयबासीलाई पिरोल्ने गरेको छ ।

दुई वर्षअघि तातोपानी संरक्षणका लागि जिल्ला सम्न्वय समिति रुकुमको केही आर्थिक सहयोगमा तटबन्ध निर्माण गरेर कुवा र धारा निर्माण गरिएको थियो । तर, त्यो सबै मेहनत बालुवामा पानी खनाए जस्तै भएकाले हाल तातोपानी क्षत्र बगरमा परिणत भएको छ । तरपनि धार्मिक मान्यता सहित पर्यटकिय इतिहास बनाएको तातोपानी मूल संरक्षणका लागि भन्दै सिस्ने गाउँपालिकाले यो वर्ष केही बजेट विनियोजन गरेको गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले बताउनुभयो ।

यसअघि रुकुम जिल्ला एउटै हुँदा समग्र जिल्लाको पहिचान बनाएको पोखराको तातोपानी क्षत्रलाई रुकुमकै ऐतिहासिक स्थलको रुपमा लिने गरिन्थ्यो । स्थानीय स्तरमै आर्थिक आम्दानीको रुपमा तातोपानीलाई विकास गर्न स्थानीयले सरोकारवाला निकायलाई आग्रह गर्दा पनि त्यसतर्फ भने राज्य आफै बेखबर बनेको स्थानीयको बुझाई छ ।