२१ कार्तिक २०८३, शनिबार

एमालेले पार्टीकरण गरेको भन्दै वडा कार्यालयमा काँग्रेसले लगायो ताला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, १९ भदौ । धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौसिथ वडा कार्यालयमा आज ताला लगाएका छन् ।

स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्तिमा नेकपा (एमाले)ले पार्टीकरण गरेको भन्दै नेपाली काँग्रेस १२ नं वडा एकाइ समितिले ताला लगाएको हो । वडा एकाइ समितिका सभापति महेन्द्रबहादुर लामाले भन्नुभयो – “कर्मचारी नियुक्तिको विषयमा एमालेले एकलौटी गरेका कारण हामीले ताला लगाएका हौँ ।”

विगत एक वर्ष अगाडिदेखि दुई जनाले कार्यालय सहयोगीका रुपमा करारमा काम गर्दै आएको भए पनि पछिल्लो समयमा एमालेले आफ्नो कार्यकर्तालाई मात्रै नियुक्ति दिएको लामाले बताउनुभयो । “पहिलादेखि दुई जनाले नै काम गर्दै आएकामा अहिले किन एक जनालाई मात्रै नियुक्त ग¥यो ?,” लामाले प्रश्न गर्दै भन्नुभयो – “कमसेकम प्रतिपक्षको कुरा पनि सुन्नु पथ्र्यो, पेलेर काम ग¥यो । त्यसैले हामी ताला लगाउन बाध्य भयौँ ।”

नियुक्ति दिने क्रममा खुल्लारुपमा विज्ञापन नगरिकन भित्रैभित्र मिलाएर वडाध्यक्षले आफ्नो मान्छे राखेको काँग्रेसको आरोप छ ।

वडा १२ का काँग्रेसका तर्फबाट विजयी वडा सदस्य प्रवीण सापकोटाले वडाको बैठकबाट निर्णय गरी कर्मचारी नियुक्ति गर्नुपर्नेमा निर्णय नै नगरी एकलौटी एमालेका कार्यकर्तालाई वडा अध्यक्षबाट नियुक्त गराउन सिफारिस गरेको बताउनुभयो । “म वडा सदस्य हुँ, त्यसरी कर्मचारी नियुक्तिको विषयमा कुनै निर्णय पनि भएको छैन र मलाई त्यस विषयमा कुनै जानकारी नै दिएको छैन,” सापकोटाले भन्नुभयो, “बिना जानकारी काम गरिरहेका कर्मचारी दुई जनामा एक जनालाई निुयक्ति दिने र अर्कोलाई पन्छाउने काम किन ग¥यो ?”

सो विषयमा उक्त वडाका वडा अध्यक्ष हर्कबहादुर लामाले आफूले विभेद नगरेको बताउनुभयो । “मैले अनमी र दुई कार्यालय सहयोगीको लागि भनेर तीनै जनाको सिफारिस पठाएको हुँ । मैले सिफारिस गर्ने क्रममा कुनै भेदभाव गरेको छैन ।”

कार्यालयमा ताला लगाइँदा वडा कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प भएको छ । रासस