२१ कार्तिक २०८३, शनिबार

रसुवा-काठमाडौ सम्पर्क समितिद्वारा विद्यार्थी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस रसुवा–काठमाडौ सम्पर्क समितिले रसुवा जिल्ला बाट माध्यमिक प्रबेशिका परीक्षा एसइई २०७४ मा ए र एप्लस ल्याउने २१ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

समितिले नगद ५ हजार १ सय सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको हो । सर्बोत्कृष्ट श्रेणीमा बिद्यार्थी उतिर्ण गराउन सफल रसुवाका बिद्यालयहरुलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको नेपाली कांग्रेस रसुवा–काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष शैलेष पौडेलले बताए ।

काठमाडौ बालाजुमा भएको कार्याक्रमको अध्यक्षता सम्पर्क समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गरेका थिए । पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य अर्जुन नर्सिङ केसीले बिद्यार्थी तथा बिद्यालयको उज्ज्वल शैक्षिक भबिस्य को कामना गरेका थिए ।

नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितीले आयोजना गरेको यो कार्यक्रम हाल सम्म कै उत्कृष्ट र उपलब्धि मुलक भएको भन्दै केसिले उच्च प्रशंसा गरे । सो कार्यक्रममा जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली कांग्रेस रसुवा का सभापती पेम्बा छिरिङ तामाङले कार्यक्रमको उच्च प्रशंसा गर्दै आज सम्म कै रसुवाको उत्कृष्ट एवम उपलब्धि मुलक कार्यक्रम भएको बताए ।

रसुवा जिल्ला नेबि संघका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा नेबि संघ रसुवाले पनि यस्ता खाले बिद्यार्थी प्रोत्साहनका कार्यक्रमहरु गर्दै जाने बताए ।

नेबिसंघ रसुवाका पुर्व अध्यक्ष एवम रसुवा कांग्रेसका युवा नेता धर्मराज पौड्यालले आगामी दिनहरुमा रसुवा जिल्लाको हर शैक्षिक अभियान तथा बिद्यार्थी तथा बिद्यालयको समस्या समाधान मा नेपाली कांग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत गर्दै कार्यक्रम को औचित्यबारे समितिका सचिब उत्तम पौडेलले प्रस्ट पारेका थिए ।