झापा, १६ भदौ । झापाको अर्जुनधाराका स्थानिय महिलाहरुले शरणामतीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिज बिशेष कार्यक्रममा संकलन भएको बाढि पिडित राहत सहयोग रकम बाट बाढी पिडित बनेका सो क्षेत्रका स्थानियहरुलाई अजुर्नधारा नगरपालिका का चेली बेटी ग्रुपले राहत बितरण गरेको हो ।
सो ग्रुपले झापा गाउ पालिका को शरणामती ७ मदरगाछ भन्ने ठाउमा पुगेर सो क्षेत्रका बाढी पिडित दश परिवारलाई राहत साम्रगी बितरण गरेको हो । राहत साम्रगीमा चामल एक परिवार एक बोरा, खाने तेल,झुल तथा तन्ना बितरण गरिएको थियो । समूहकी अध्यक्ष रिना शिवाकोटी सहितको समूह सो स्थानमा पुगेर बिपत जोखिम न्यूनिकरण समितिको सहकार्यमा सो राहत बितरण गरेको थियो । सो रातह साम्रगी करिब २० हजार मूल्य बराबरको रहेको थियो । बितरण कार्यक्रममा सो क्षेत्रमा बाढी बाट अतिनै बिपन्न तथा पीडितहरुलाई समेटिएको थियो ।
राहत बितरणमा चेली बेटी ग्रुपका सपना कडरिया, हिन्दु त्रि खत्री, उर्मिला दाहाल, संचारकर्मी खगेन्द्र घिमिरे साथै सो समितिका संयोजक घनश्याम तिवारी, लोक बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । यसरी राहत पाउनेहरुमा दिलमाया थापा, कौशिला माझी, बिमला कर्मकार, छोटु मिया, गोपाल कर्मकार, निर्मल कर्मकार, धनबहादुर माझी, सरदार सोरेन रहेका छन् । उनीहरुले राहत पाएपछी आफूहरुले केहि समयको लागि बिहान बेलुकाको छाक टार्न सहज हुने प्रतिकृया दिएका थिए ।













प्रतिक्रिया