२१ कार्तिक २०८३, शनिबार

प्रधान सेनापतिद्वारा ‘कैलाश भवन’ को उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । प्रधान सेनापति राजेन्द्र क्षत्रीले सैनिक हवाई महानिर्देशनालय गौचर व्यारेक, हाताभित्र उक्त महानिर्देशनलयको अपरेशन महाशाखाको नवनिर्मित ‘कैलाश भवन’ को बुधबार एक कार्यक्रमका बीच उदघाटन गरेका छन् ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई सेवाको मुटु मानिने एयर अपरेशनको उचित व्यवस्थापन गर्दै सुरक्षित तथा असरदार हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले सैनिक हवाई महानिर्देशनालयले निर्माण गरेको उक्त कैलाश भवनको यसै वर्ष बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा दुघर्टनामा परी दिवंगत हुनु भएका स्व.पाइलट महासेनानी कैलाश गुरुङको सम्झनामा नामाकरण गरिएको हो ।

कर्तव्य पालनाको शिलसिलामा दिवंगत हुनु भएका पाइलटहरुको सम्मानका साथै उहाँहरुले संस्थाप्रति पुर्याउनु भएको योगदानको उच्च कदर हुने विश्वासका साथ उक्त भवनको निर्माण गरिएको हो । नेपाली सेनाको हवाई साधनहरुको क्रमशः बृद्धि भए सँग सँगै सो भवनको निर्माणबाट एयर अपरेशनहरु सहज रुपमा व्यवस्थापन गर्न सकिने विश्वास लिइएको छ ।

उक्त भवनको समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।