बाजुरा, १४ भदौ । गौमुल गाउँपालिकाले यो आर्थिक वर्षलाई निर्माण र युवा परिचालन वर्षका रुपमा मनाउने भएको छ । गौमुल गाउँपालिकाको प्रथम गाउँ भेलाबाट भौतिक संरचना निर्माण र बेरोजगार यूवाहरुलाई काम दिने गरी योजना छनोट गरिएको र त्यसै अनुसार काम अघि बढाउने निर्णय गरेको छ ।
गाउँ भेलाबाट गरिएका निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलनमा अध्यक्ष हरि बहादुर रोकायाले स्थानीय उत्पादन र शिक्षा स्वास्थ्य र सिप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।
भौगोलिक कठिनाईले विकासका धेरै पूर्वाधारमा गौमुल पछाडि परेकोले त्यसको प्रर्याप्तता र उपलब्धता २ वर्षभित्र पूर्ति गरेर सम्पूर्ण काम विद्युतीय मेसिनबाट गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले रणनीतिक योजना विना काम नगर्ने नीति लिएको छ । भने बेराजगार युवाका लागि शैक्षिक प्रमाण पत्रका आधारमा विनो घितो बीउ पुजिँ दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
केपी ओली नेतृत्वले ल्याएको नीतिलाई आत्मसाथ गर्दै यूवाहरुलाई प्रमाण पत्र राखेर ऋण दिने र स्वरोजगार बनाउने निर्णय गरेको अध्यक्ष हरिबहादुर रोकायाले बताए । पहिलो वर्ष युवा स्वरोजगारका लागि ९० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकामा ६ वटा वडा छन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये पहिलो गाउँ भेला सम्पन्न गर्न सफल गौमुल गाउँपालिकाले स्थानीय कला सँस्कृतिक र सम्पदाको संरक्षण र वातावरण सन्तुलन तथा स्वच्छ हरियाली बनाउने कार्यक्रममा पनि जोड दिएको छ ।
आत्म निर्भर जनता गौमुल समृद्धीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडिबुटी, पर्यटन, प्रवद्र्धन र कृषि जन्य व्यापार भन्ने नारा अघि सारेको छ । आर्थिक वर्ष २०७४।७५ का लागि २१ करोड ७४ लाख १७ हजार ७ सय आर्थिक बजेट रहेकोमा विकास बजेट पुजिँगत तर्फ ८ करोड रहेको छ ।
जसमा ५ करोड भौतिक पूर्वाधारण, १ करोड ८३ लाख आर्थिक विकास १ करो २२ लाख ४० हजार सामाजिक विकास लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ । ती मध्ये २ करोड गाउँपालिको भवन निर्माण र ७० लाख १ २ ३ र ५ नम्बर वडाको गाविस भवन निर्माणमा खर्च प्रस्ताव गरिएको छ ।
शैक्षिक पाश्र्व चित्र निर्माण गर्ने र विद्यालय समायोजना गर्ने नीति लिने निर्णय गरेको छ । गाउँपालिकामा राज्यले तोकेको मापदण्ड अनुसार १५ सैयाको अस्पताल निर्माण र प्रत्येक महिला स्वास्थ्य स्वयम सेविकालाई एसएमएस रिपोटीङ्गका लागि मोबाईल र मासिक रिचार्ज खर्च व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
खानेपानी गुरु योजना निर्माण गर्ने र पाँच वर्षमा सबै घरमा खानेपानीको सहज पहुँच पुर्याउने निर्णय गरिएको छ । यसैगरी गाउँपालिकाका कला सँस्कृतिक, साहित्य र पुरातन महत्वका कला कौशलको संरक्षण सम्वद्र्धनका लागि साँस्कृतिक संग्राहलय स्थापना गर्ने पर्यटन विकासमा जोड दिने निर्णय गरेको छ ।
कृषि खेतीलाई आधुनिक र व्यवसायीक बनाई प्रत्येक घरमा अनिवार्य करेशा बारी निर्माण, गरी प्रत्येक दिन हरियो साग प्रयोग गर्ने नीति अघि सार्नुका साथै एक हल गोरु, एक दुहुनु गाई वा भैसी र बाख्रा पालन व्यवसायलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।
बेरुजो नभएको गाउापालिका बनाउने उद्घोष सहीत गाउँ भेलाले एक गाउँ एक सहकारी र सामाजिक सुरक्षा भत्तालाई बैकिगं सेवा मार्फत वितरण गर्ने र सामाजिक शान्ति र स्यायित्वका लागि प्रवचन तथा प्रशिक्षण कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी गाउँपालिकाले गर्ने गतिविधिक र अभियानलाई सञ्चार सहकार्य गरी गतिविधि जनता माझ पुर्याउन रेडियो कार्यक्रम सञ्चालन गर्ने र सबै प्रकारका सूचना रेडियो मार्फत जनता माझ पुर्याउने निर्णय गरेको छ ।
न्यू आमा डेरीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सिता थापा एमाले नेता तुलसीराम रोकाया, कार्यकारी अधिकृत डम्मर थापा, सचिव अंगत महत लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया