काठमाडौं, १४ भदौ । काठमाडौंको घट्टेकुलोस्थित सूर्योदय एजुकेसन फाउन्डेसन अन्तर्गतको एसएबी पब्लिक स्कुलले विद्यार्थीको पढाइको अतिरिक्त विद्यार्थीलाई ब्यवहारिक ज्ञानमा पनि जोड दिदैं आएको छ ।
साउन महिनाको अन्तिमतिर आएको बाढीले तराईमा नोक्सानी पुगाएको छ । विभिन्न ठाउँमा आएको बाढीको कारण मानवीय क्षतिलाई मध्यनजर गर्दै यस विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूले बाढीपीडितको सहयोगार्थ रकम तथा लत्ताकपडा जम्मा गरी सामाजिक कार्यमा समावेश भएका छन् ।
संकलित रकममध्ये रु ५१००० प्याब्सनका बरिष्ठ उपाध्यक्ष डिके ढुङ्गाना तथा आषीश श्रेष्ठलाई प्याब्सनको राहत कोषका लागि एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।
सोही समारोहमा एब्सोलुट गोर्खा नामक संस्थालाई रु १०००० पनि हस्तान्तरण गरिएको एसएबी स्कुलद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले प्याब्सनको छाता संगठनले विभिन्न विद्यालयबाट बाढीपीडितका लागि रकम संङकलन गरेको बताउनुभयो ।
सूर्योदय एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा प्रिन्सिपल लक्ष्यबहादुर केसी तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर शाहले विद्यार्थी र शिक्षकहरूलाई सहयोग संकलन गरेकोमा धन्यावाद दिनुभएको थियो ।












प्रतिक्रिया