२१ कार्तिक २०८३, शनिबार

पशुपतिमा ‘अन्तर्राष्ट्रिय सनतान हिन्दु सम्मेलन’ हुने, नेपाललाई हिन्दुराष्ट्र बनाएर छाड्ने घोषणा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । यहि भदौ १५, १६ र १७ गते पशुपति नाथ मन्दिर परिषरमा अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ ।

रिापोर्टर्स क्लब नेपालमा सनातन संस्कृति समाज नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सम्मेलन आयोजनाको विषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोषणा गर्ने अठोट ब्यक्त गर्दै भने,‘नेपाल हिन्हुराज्य बन्नेमा शंका छैन्, जनता हिन्दुराज्यको पक्षमा छन्, आगामी निर्वाचनमा कांग्रेसले सनातन हिन्दुराज्यको एजेण्डालाई लिएर अघि गएमा जनता बहुमत दिन्छन् ।’

संयोजक भट्टराईले यो सम्मेलनले सबै राजनीतिक दललाई हिन्दुराज्यको पक्षमा उभिन बाध्य पार्ने दावि गर्दै हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोलाले नेपाललाई सनतान हिन्दुहरुको आस्थाको केन्द्र भएकोले यसलाई कायम राख्ने सबै एक जुट भएर अभियान चलाउनु पर्ने आवश्यकता औल्याए ।

त्यसैगरी विश्वहिन्दु महासंघका उपाध्यक्ष दिनबन्धु अर्यालले नेपाल बुद्ध, व्यासको जन्मभूमि र ऋषिमुनिहरुको पुण्य तपोभूमि भएकाले अन्य सम्प्रदायले यसलाई समाप्त पार्न चौतर्फी आक्रमण भईरहेको दावी गर्दै मुलुकको धर्म संस्कारलाई बचाउँनको लागि सबै एक जुट भएर उत्रनु पर्ने आवश्यकता औल्याए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्ल, आयोजक समितिका सदस्य देवेन्द्र पौडेल, यूवा बाहिनीका उपाध्यक्ष लिला नेपाल र सदस्य दिनदयाल रेग्मीले सम्मेलनको औचित्यको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा ८ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । माधवराज समार्गी स्मृति भवन पशुपति वनकालीमा आयोजना गरिने सम्मेलनको अघिल्लो दिन अर्थात भोलि १४ गते राजधानीको भृकुटीमण्डपबाट मोटरसाईकल -याली निकालिने आयोजकले जानकारी दिएको छ ।