नेपालगञ्ज, १३ भदौ । बाँकेमा हालै आएको बाढीका कारण ८७ विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयका अनुसार डुडुवा गाँउपालिका,नरैनापुर गाँउपालिका र राप्ती सोनारी गाँउपालिका अन्तर्गत विद्यालय र मदर्सा क्षतिग्रस्त भएको जिल्ला शिक्षा बाँकेले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउतका अनुसार बाढी प्रभावीत क्षेत्रमा ८६ ओटा स्कूलमा क्षेति भएको र कक्षा १ देखि १२ सम्म १२ हजार थान किताब आवश्यक रहेको , शैक्षिक सामाग्री र दश हजार आठ १२ आवश्यक रहेको बताउनु भयो ।
जिल्ला शिक्षाअधिकारी साउतका अनुसार बाँके जिल्लामा बाढीका कारण एक सय ७६ ओटा कोठा, १३ ओटा कार्यालय, ६ ओटा पुस्तकाय र ७९ ओटा सौचालयहरुमा क्षेतिभएको जिल्ला शिक्षा अधिकारी साउतले बताउनु भयो ।
त्यस्तै अन्य ८७ विद्यालयमा भने विद्यालयका पर्खाल र टिनको छाना खसेको र बालविकासका दिइएको गलैँचा र विद्यालयमा रहेका शैक्षक सामग्रीमा क्षति पुगेको छ । डुडुवा गाँउपालिका,नरैनापुर गाँउपालिका र राप्ती सोनारी गाँउपालिका मा बाढीले विद्यालयमा रहेका शैक्षिक सामग्री पनि पूर्णरुपमा नष्ट भएको छ ।
बाढीका कारण विद्यालयको टेबल र कुर्सी पूर्णरुपमा क्षतिग्रस्त भएको श्री पशुपति माध्यमिक विद्यालयका प्रधान अध्यपक गोपिचन्द्र वर्माले बताउनु भयो ।
बाढीका कारणले उत्त क्षेत्रका विद्यार्थीहरुको कापी किताब कपडा समेत बगाएको विद्यार्थी कक्षा १० मा पढने मनिराम केवटले भने बाढीले किताब कापी बगाएर अब कसरी पढने बाढीका कारण नेपालगन्ज उपमाहानगरपालिका भित्र रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी प्रद्यान अध्यपक मिरा श्रेष्ठले बताई बाढीका कारणले गर्दा आफुहरुले विद्यालयका केहि कोठाहरुमा चार्पीलगाउन परेको बताउनु भयो ।
अहिले कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु ४ र ५ कक्षाका विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउने गरेको श्रेष्ठले बताउनु भयो ।
डुडुवा गाँउपालिका कि कक्षा ९ मा पढने पुनम कुमारी केवटले भनिन् आफुहरुलाई पढन धेरै नै कट् भएको बताई किताब कापी केहीपनि छैन सरहरुले त पढाउनु हुन्छ हामीहरुले केमा लेख्ने उनले गुनासो गरिन ।













प्रतिक्रिया