काठमाडौं, १२ भदौ । बाढी प्रभावित जिल्लाका लागि युएनपार्क योग समुह र बालकुमारी योग समुहले संकलन गरेको राहत सामग्री हस्तान्तरण गरिएको छ ।
योग अभ्यास गर्न जानेहरूले संकलन गरेको एक लाख आठ हजार दुई सय पैसठी रुपियाँ युएनपार्क योग समुहका अध्यक्ष हरि ज्ञवालीले जीबन बिज्ञान केन्द्रका रमेश नेपाललाई हस्तान्तरण गर्नुभएको छ ।
युएनपार्कमा आयोजित समारोहमा सहयोग हस्तान्तरण गर्दै योगाभ्यास गर्नेहरूले हरेक अफ्टयारामा सहयोग गर्ने गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो ।
केन्द्रका संस्थापक नेपालले प्राप्त सहयोग उद्योग बाणिज्य महासंघको सहकार्यमा प्रभावित समक्ष पुगाइने जानकारी गराउनुभएको छ ।
युएनपार्क योग समुहले गोकर्णस्थित संयुक्त अपागता एकता केन्द्रलाई पनि १ लाख ८६ हजार १ सय सहयोग गरेको छ ।
अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ हजार बराबरको खाद्यान्न पनि हस्तान्तरण गरिएको थियो । सो अबसरमा अपागता भएकाहरूले युएनपार्क योग सुमहप्रति खुशी ब्यक्त गरेका थिए ।












प्रतिक्रिया