२१ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी न्यौपाने नियुक्त

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज न्यौपाने नियुक्त हुनुभएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी न्यौपानेलाई आइतबार प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसअघि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी न्यौपानेलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।